नेभिगेशन
सुरक्षा अपडेट

भारतीय कारको ठक्करबाट ६५ वर्षीय साइकलयात्रीको मृत्यु

काठमाडौं । भारतीय कारको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–५ बनगाउँमा युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिंदा ६५ वर्षीय साइकलयात्री मोहन शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त भारतीय कारले ठक्कर दिँदा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा मृत्यु भएको हो।

प्रहरीले भारतीय कार चालक भारतको रुद्रपुरका ४० वर्षीय राजेश कुमार र ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्