नेभिगेशन
सुरक्षा अपडेट

नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव भेटियो, जिउँदै जलाइएको आशंका

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर १२ स्थित कोरीयनपुरमा गए राति एक  महिलाको जलेको अवस्थामा शव फेला परेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतक नेपालगन्ज-१२ कोरियनपुर ( नर्सिङ होम पछाडि ) की २२ वर्षीया सृजना बुढा हुन् ।

स्थानीयवासीका अनुसार घटनास्थलमा सृजनालाई जिउँदै आगो लगाइएको आशंका गरिएको छ। विभिन्न सामाजिक सञ्जालमा ६–७ जनाको समूहले उनीमाथि आगजनी गरेको दाबी समेत गरिएको छ, तर यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सृजनाको जलेर मृत्यु भएको देखिए पनि उनलाई कसले र किन जलायो भन्ने विषय अझै खुल्न सकेको छैन। घटनाको प्रकृति शंकास्पद देखिएकाले अनुसन्धानलाई तीव्र पारिएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्