नेभिगेशन
सुरक्षा अपडेट

जिपको ठक्करबाट ५५ वर्षीय पैदलयात्रीको मृत्यु

गुल्मी । जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार गुल्मीको  चन्द्रकोट गाउँपालिका–४ का ५५ वर्षीय तुलसी थापाको जिपको ठक्करबाट मृत्यु भएको हो। 

चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु १ ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो । जिपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको जनाएको  छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्