नेभिगेशन
सुरक्षा अपडेट

राप्तीसोनारीको डाँडाटेपरीमा दर्दनाक दुर्घटना: ५ वर्षीय बालकको घटनास्थलमै मृत्यु

बाँके ।  बाँकेको राप्तीसोनारीमा आज एक दर्दनाक सडक दुर्घटनाले सिंगो समुदायलाई स्तब्ध बनाएको छ। राप्तीसोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हिँडिरहेका पाँच वर्षीय सुगन रानाको हाइस गाडीको ठक्करबाट मृत्यु भएको हो।

प्रत्यक्षदर्शीका अनुसार दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ज १५०५ नम्बरको इभी हाइसले बालकलाई ठक्कर दिएको थियो। ठक्करपछि बालक सुगनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि चालक अजय केसी गाडीसहित फरार भएका थिए। तर प्रहरीको सक्रियतामा उक्त सवारी डुडुवा गाउँपालिकाको कम्दी क्षेत्रमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ।

यस दुखद घटनापछि स्थानीय बासिन्दा र आफन्तहरू आक्रोशित बने। उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै नेपालगञ्ज–अगैया हुलाकी सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए।

घटनाले फेरि एकपटक सडक सुरक्षाको सवाललाई गम्भीर रूपमा उठाएको छ, विशेष गरी ग्रामीण क्षेत्रमा सवारी चालकको लापरवाहीप्रति चिन्ता बढाएको स्थानीयको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्