नेभिगेशन
नेपाल प्रहरी

गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेसन:१७ जना गुण्डा पक्राउ

काठमाडौं । काठमाडौँमा प्रहरीले गुण्डागर्दी नियन्त्रणका लागि विशेष अपरेसन सञ्चालन गरेको छ। गएराति गरिएको कारबाहीमा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट १७ जना गुण्डागर्दीमा संलग्न भएकलाई पक्राउ गरेको जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। पक्राउ परेकामध्ये अधिकांश ‘काभ्रेली समूह’सँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ।

नियन्त्रणमा परेकामध्ये सञ्जिव लामा, अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ रहेका छन्। गुरुङ श्याम लामा समूहसँग आबद्ध रहेको बताइएको छ भने श्याम लामा भने हाल फरार छन्।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ। एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन्।

प्रहरीका अनुसार प्रवीण तामाङ बौद्ध क्षेत्रमा सक्रिय थिए भने बिर्जु महर्जन कलंकी र बाफल क्षेत्रमा संलग्न थिए। त्यस्तै, सुजन कार्की कलंकी आसपास र सरु हुमागाईँ स्युचाटार क्षेत्रमा गुण्डागर्दी गतिविधिमा सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्