नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन विमानस्थलबाट बाँकेका २२ वर्षीय युवकसहित १८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु तानातान र अव्यवस्थित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार गएराति विशेष अपरेशनमार्फत उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ट्याक्सी चालक र विभिन्न होटलका प्रतिनिधिहरू समेत रहेका छन्। विमानस्थल क्षेत्रमा यात्रु तान्ने, अनावश्यक हैरानी दिने तथा अव्यवस्था सिर्जना गर्ने गतिविधि बढेपछि निगरानी कडा पारिएको थियो।

प्रहरीले विमानस्थलबाट बाँके घर भएर हाल  एयरपोर्ट बस्ने  २२ वर्षीय एकेश तामाङ, सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने १८ वर्षीय सूर्य माझी,पाँचथर घर भई एयर्पोट बस्ने २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुली घर भई नयाँबस्ती बस्ने ३२ वर्षीय  राजकुमार राई,मकवानपुर घर भई एयर्पोट बस्ने ४० वर्षीय मगलमान घलान,पाँचथर घर भई टोखा बस्ने ३८  वर्षीय खगेन्द्र लिम्बु, मोरङ घर भई एयर्पोट बस्ने २९ वर्षीय आशिस खतिवडा,

मकवानपुर घर भई सम्भुमार्ग बस्ने ३४ वर्षीय विश्व मोक्तान, धनुषा घर भई एयर्पोट बस्ने ४५ वर्षीय वीरेन्द्र झा,सिराहा घर भई तिलगगा बस्ने ६० वर्षीय लडा मिया,नयाँ बस्पार्क बस्ने ४६ वर्षीय पर्सुराम राई, रामेछाप घर भई भक्तपुर बस्ने २७ वर्षीय सन्तु तामाङ, धनुषा घर भई तिलगगा बस्ने ५३ वर्षीय रघुवीर शाह, महोतरी घर भई तिलगगा बस्ने ३३ वर्षीय राजिवकुमार रावत, धनुषा घर भई गौशला बस्ने बर्ष २६ वर्षीय सरोजकुमार महतो, मकवानपुर घर भई काजि गौशला बस्ने १९ वर्षीय अजय लामा,झापा घर भई सिनामगल बस्ने  ३९ वर्षीय केशब लिम्बु, बझाङ घर भई सिनामगल बस्ने २० वर्षीय रामप्रसाद जोशी र बजाङ घर भई कीर्तिपुर बस्ने  २९ वर्षीय बिमलराज जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

विमानस्थल क्षेत्रमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्न आगामी दिनमा अझ कडाइ गरिने प्रहरीले स्पष्ट पारेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्