नेभिगेशन
नेपाल प्रहरी

डिस होमको कर्मचारी भन्दै सर्वसाधारणलाई ठग्ने एक युवतीसहित ३ जना पक्राउ

काठमाडौं।  डिस होमको कर्मचारी भएको भनी सर्वसाधारणलाई ठगी गर्ने तीन जनालाई प्रहरीले  पक्राउ गरेका छ। 

आफूलाई डिस होममा कार्यरत कर्मचारी बताउँदै नियमित ग्राहकहरुलाई फोन गरेर एक वर्षको रिचार्ज गर्दा चार महिनासम्म निःशुल्क रिचार्ज अफर आएको भन्दै प्रलोभन देखाई रकम असुली गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा संलग्न रहेको आरोपमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई हाल टोखा नगरपालिका–३ बस्दै आएकी २२ वर्षीया आरती सिंखडा, दोलखा भिमेश्वर नगरपालिका–८ घर भई हाल टोखा–३ बस्दै आएका २२ वर्षीय विष्णु कार्की र रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–२ घर भई हाल टोखा–९ बस्दै आएका ४७ वर्षीय असल सिंह तामाङलाई चैत २२ गते अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले  पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुको साथबाट डिस होमका नाममा जारी गरिएको एक थान परिचयपत्र र विभिन्न व्यक्तिहरुको नाम, फोन नम्बर तथा हिसाब किताब उल्लेख गरिएको दुई थान कपी बरामद गरिएको छ।

उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालय  जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्