नेभिगेशन
नेपाल प्रहरी

जेलबाट भागेका पुरी चोरीको स्कुटरसहित पक्राउ, बलात्कार मुद्दामा सजाय भोग्दै गर्दा भागेका थिए उमेश

काठमाडौँ।  जेलबाट भागेका युवक पुनः गलत कार्य गरिरहेकै अवस्थामा पक्राउ परेका छन् । बलात्कार जस्तो अपराध गरेर गरेर जेल सजाय काटदै आएका ३१ वर्षीय उमेश पुरी गत भदौ २४ को जेनजी आन्दोलनमा फरार भएका थिए।

जेलबाट भागेपनि पृष्ठभूमि भएका उमेश पुनः चोरी घटनामा पक्राउ परेका छन्। खोटाङको तुवाचुङ–जन्तरखानी नगरपालिका–१० घर भएका ३१ वर्षीय उमेशलाई प्रहरीले तीनकुने क्षेत्रबाट पक्राउ गरेको  हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उमेशलाई पक्राउपछि थप अनुसन्धानका लागि प्रहरी वृत्त थिमीमा पठाइएको छ। प्रहरीका अनुसार उनी यसअघि बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका बेला डिल्लीबजार कारागारबाट फरार भएका थिए।

प्रारम्भिक अनुसन्धानले देखाएअनुसार उनले चैत २ गते अनलाइनमा बिक्रीका लागि राखिएको स्कुटर किन्न आउने बहानामा परीक्षण गर्ने लिएर फरार भएका थिए। उक्त स्कुटर बागमती प्रदेशको नम्बर प्लेट भएको थियो। प्रहरीले चैत २२ गते उनलाई पक्राउ गर्दा स्कुटरसमेत बरामद गरेको जनाएको छ।

उमेशको आपराधिक इतिहास पनि लामो देखिएको छ। यसअघि उनी बहुविवाह र चोरीसम्बन्धी विभिन्न मुद्दामा पक्राउ परिसकेका छन्। हालको पक्राउसँगै उनीमाथि पुनः चोरी मुद्दामा अनुसन्धान अघि बढाइएको छ, र अदालतबाट म्याद थप गरी प्रक्रिया अगाडि बढिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्