नेभिगेशन
नेपाल प्रहरी

मधुवनबाट ब्राउन सुगरसहित १९ वर्षीय विपिन पक्राउ

बर्दिया। बर्दियाको मधुवन नगरपालिका क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा मधुवन नगरपालिका-६ कै १९ वर्षीीय विपिन चन्द रहेका छन् । प्रहरीले उनको साथबाट २६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। 

लागुऔषधको कारोबार हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले चन्दलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बर्दिया प्रहरीले पक्राउ परेका चन्दविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्