नेभिगेशन
नेपाल प्रहरी

ज्यान मार्ने उद्योग मुद्दाका फरार ३१ वर्षीय अभियुक्त पक्राउ

काठमाडौं । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले  पक्राउ गरेको छ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कका ३१ वर्षीय लोब्साङ बोम्जनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बोम्जनले २०८२ साल साउन १२ गते काठमाडौं महानगरपालिका–५ जोरपाटीमा एक व्यक्तिमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उक्त घटनापछि उनी ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका थिए।

तर २०८२ साल भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट उनी फरार भएका थिए। फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको थियो।

लामो समयदेखि फरार रहेका उनलाई अन्ततः प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका बोम्जनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्