नेभिगेशन
नेपाल प्रहरी

सहकारीमा रकम हिनामिना प्रकरण: अध्यक्ष प्रहरीको नियन्त्रणमा

काठमाडौं । ललितपुरमा सञ्चालनमा रहेको एक सहकारी संस्थामा बचत रकम हिनामिना भएको आरोपमा अध्यक्ष पक्राउ परेका छन्।

इमाडोलस्थित  गतिशील बचत तथा ऋण सहकारी संस्थाका  अध्यक्ष बलराम पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताएका छन्।

प्रहरीका अनुसार हालसम्म प्राप्त उजुरीका आधारमा सहकारीबाट चार करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको प्रारम्भिक अनुमान गरिएको छ। उजुरी दिने बचतकर्ताको संख्या बढ्दो क्रममा रहेकाले रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ।

यस प्रकरणमा अन्य संलग्न व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्