नेभिगेशन
नेपाल प्रहरी

डिएचएलका नाममा अनलाइन ठगी, लाखौं ठगी गर्ने युवक पक्राउ

काठमाडौं । अनलाइन ठगीको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम फाकफोकथुम गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन लिम्बु उर्फ सुशन थेगिम लिम्बु रहेका छन्।

उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले  काठमाडौंबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले सामाजिक सञ्जाल टिकटक मार्फत पीडितसँग सम्पर्क गरी विभिन्न प्रलोभन देखाउँदै ठगी गरेको खुल्न आएको छ। उनले अमेरिकाबाट डलर, गरगहना लगायतका उपहार डिएचएल मार्फत पठाएको भन्दै विश्वास दिलाएका थिए।

त्यसपछि ती सामान काठमाडौं विमानस्थलस्थित डिएचएल कार्यालयमा आइपुगेको र बुझ्न कस्टम शुल्क तथा कर तिर्नुपर्ने भन्दै पीडितलाई विभिन्न बैंक खातामा करिब २ लाख रुपैयाँ पठाउन लगाई ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका लिम्बुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्