नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको गोली लागेर जीवन जिम्मा घाइते, एक थान पेस्तोल बरामद

काठमाडौं । काठमाडौँको साँखु क्षेत्रमा शुक्रबार लागुऔषध नियन्त्रण अभियानका क्रममा प्रहरी र एक व्यक्तिबीच झडप भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक प्रयोगकर्तालाई नियन्त्रणमा लिन खोज्दा स्थिति तनावपूर्ण बनेको थियो।

ब्युरोका अनुसार उक्त व्यक्तिले नै पहिले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले पनि जवाफी गोली चलाएको जनाएको छ। सो क्रममा हेटौंडा स्थायी घर भई हाल साँखु बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।

घाइते जिम्मालाई तत्काल उपचारका लागि साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको छ। घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ।

प्रहरीले यो घटना लागुऔषध नियन्त्रण सम्बन्धी विशेष अपरेशनकै क्रममा भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्