नेभिगेशन
सुरक्षा अपडेट

चट्याङ लागेर बाबु-छोराको मृत्यु, दुई जना घाइते

दाङ । चट्याङ लागेर बाबु-छोराको मृत्यु भएको छ ।"प्युठानको गौमुखी गाउँपालिका – ६ लिवाङमा चट्याङले लागेर ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला अस्पताल बिजुवारमा लगेर चेकजाँच गर्दा दुबै जनालाई  आइतबार बेलुकी ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक हरि भट्टराइले बताए ।

चट्याङबाट जिल्लाको गौमुखी गाउँपालिका – ४ की २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी – ६ की ५८ वर्षीया बोमी बोहोराको जिल्ला अस्पताल उपचार जारी छ ।

शनिबार दिउँसो पनि माण्डवी गाउँपालिका – २ रातापानीमा २० वर्षीया कल्पना अधिकारी र उनकी १६ वर्षीया बहिनी सपना अधिकारीको चट्याङ लागेर घाइते भएका थिए । उनीहरुको पनि जिल्ला अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्