नेभिगेशन
सुरक्षा अपडेट

३ जना चढेको स्कुटर दुर्घटना: दुई युवतीको मृत्यु, चालक गम्भीर घाइते

रुपन्देही । बुटवलमा तीन जना चढेको स्कुटर दुर्घटनामा दुई युवतीको मृत्यु भएको छ। पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

इलाका प्रहरीका  अनुसार दुर्घटनामा मृत्यु हुनेमा कपिलवस्तुस्थित  बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११ कालिका नगरकी १८ वर्षीया पूर्णिमा मगर रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै युवतीक उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ  बुटवल–१३ स्थित भ्यू टावर नजिकैको ओरालोमा स्कुटर सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनामा स्कुटर चालक सोमन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

बुटवल प्रहरीका अनुसार नुवाकोटबाट फर्कने क्रममा अत्यधिक यात्रु (ओभरलोड) भएका कारण स्कुटर नियन्त्रण बाहिर गएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार पछिल्ला दुई वर्षमै यहाँ भएका दुर्घटनामा ६ जनाले ज्यान गुमाइसकेका छन्। ट्राफिक निगरानीको अभाव र जोखिमपूर्ण मोडका कारण दुर्घटना दोहोरिँदै आएको गुनासो समेत उठिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्