नेभिगेशन
ट्राफिक प्रहरी

पछिल्लो २४ घण्टामा २ हजार बढी चालक ट्राफिक प्रहरीको कारबाहीमा, २२ लाख राजस्व

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ४८९ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

यसबाट कुल २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने २५८ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १७० जना र अत्यधिक गतिमा सवारी चलाउने ११२ जना चालक कारबाहीमा परेका छन्।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा पार्किङ गर्ने १२१ जना, तोकिएको स्थानभन्दा बाहिर यात्रु चढाउनेरओराल्ने ६२ जना र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ३२८ जनालाई पनि कारबाही गरिएको ट्राफिक  प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्