नेभिगेशन
सुरक्षा अपडेट

यी हुन् रोल्पा जीप दुर्घटना ज्यान गुमाउनेहरु (नामसहित)

रोल्पा ।रोल्पामा वैशाख पूर्णिमाका अवसरमा लागेको मेला हेर्न गएका यात्रु बोकेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

बिहीबार दिउँसो  रोल्पाको जलजला क्षेत्रमा दुर्घटनामा पर्दा २० जनाको मृत्यु भएको थियो। दुर्घटनामा परेकामध्ये अधिकांश रुकुम पूर्वका विभिन्न स्थानका बासिन्दा रहेका छन् भने दाङका केही यात्रु पनि रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सिस्ने गाउँपालिका–५ का समीर कामी उपचारपछि घर फर्किसकेका छन्।

घटनापछि शवहरू दुर्घटनास्थलबाट निकालेर सम्बन्धित परिवारलाई बुझाउने काम भइरहेको प्रहरीले जनाएको छ।

मृतकमध्ये सिस्ने गाउँपालिका–५, टाकुरा (रुकुम पूर्व) का गोर्खबहादुर बुढाथोकी (३२), तिलकुमारी बुढाथोकी (५३), युवा बुढाथोकी (२८), दिव्यन बुढाथोकी (१०), सृजना बुढाथोकी (२४), सुदीप बुढाथोकी (१३), ओमकुमारी बुढाथोकी (४०), मीना कामी (६०), लक्ष्मी शाह (६०) र रुक्मिणा बस्नेत रहेका छन्।

यस्तै प्रहरीका अनुसार भूमे गाउँपालिका–५, रुकुम पूर्वका टेकप्रसाद बुढामगरको पनि मृत्यु भएको छ।

दाङको घोराही उपमहानगरपालिका–१५, रतनपुरका दोरपती जिसी (५४), तिला जिसी (३२), जेनिस जिसी (७), जेनिसा जिसी (१२(, एलिना जिसी (२५), संयोग जिसी (७), यमबहादुर जिसी =उमेर नखुलेको, घोराही–१३, धनमाया विष्ट (शान्तिनगर, हाल सिस्ने–५० र सवारी चालक बेदु कामी (४२) समेत दुर्घटनामा ज्यान गुमाउनेहरूमा परेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्