नेभिगेशन
नेपाल प्रहरी

जबरजस्ती करणी आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं ।  जबरजस्ती करणीको आरोपमा प्रहरीले एक व्यक्तिलाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेेछाको  उमाकुण्ड गाउँपालिका–७, बुन्देलडाँडा निवासी ४१ वर्षीय बम बहादुर दमाई (माझी) रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ४० वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्