नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी प्रहरी जवान देवकला 'पुलिस अफ द डे' घोषित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान देवकला भुसाल पुलिस अफ दडे घोषित भएकी छिन्।

प्रहरी कर्मचारीहरूको दैनिक कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई कदरस्वरूप प्रदान गरिने “पुलिस अफ द डे” अन्तर्गत बैशाख २१ गते प्रहरी जवान देवकलालाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले घोषित गरेको हो।

कार्यालयद्वारा नियमित रूपमा गरिने मूल्याङ्कनमा देवकलाको कार्यसम्पादन उत्कृष्ट ठहरिएपछि उनलाई उक्त सम्मान प्रदान गर्दै पुरस्कृत गरिएको हो। उनले आफ्नो जिम्मेवारीप्रति उच्च अनुशासन, सतर्कता तथा सक्रियता देखाएको भन्दै कार्यालयले प्रशंसा गरेको जनाएको छ।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा सुरक्षाको महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रहरी कर्मचारीहरूलाई उत्साहवर्धन गर्ने उद्देश्यले “पुलिस अफ द डे” कार्यक्रम सञ्चालन हुँदै आएको छ। यसले कार्यसम्पादनमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सेवाप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्