नेभिगेशन
नेपाल प्रहरी

साइबर ब्यूरोको नाम दुरुपयोग गर्दै ठगी: चार जना पक्राउ

काठमाडौं।  साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका–१३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।

प्रहरीका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्यूरो भोटाहिटीको नाम दुरुपयोग गरी पीडितलाई फोन सम्पर्कमार्फत डरत्रास देखाउने तथा प्रलोभनमा पारेर रकम पठाउन लगाई विद्युतीय माध्यमबाट ठगी गरिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय धरान, सुनसरीसँग समन्वय गरी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

उनीहरूविरुद्ध विद्युतीय माध्यमसम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौं बाट ४ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्