नेभिगेशन
नेपाल प्रहरी

पेस्तोल र म्याग्जिनसहित २३ वर्षीय युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं। प्रहरीले पेस्तोल र म्याग्जिनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारबाट कागेश्वरी मनोहरा नगरपालिका–६ बस्दै आएका २३ वर्षीय सन्दिप परियार पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बा ४ ख ५२४१ नम्बरको गाडी जाँच गर्ने क्रममा सिटमुनि लुकाइराखिएको पेस्तोल र म्याग्जिन फेला पारेको थियो। गाडी बिग्रिएर सडक छेउमा रोकिएको अवस्थामा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थायी घर भएका परियार हाल गोठाटार क्षेत्रमा बसोबास गर्दै आएका थिए। 

पक्राउपछि उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्