नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुर मुद्दाका ५३ वर्षीय फरार प्रतिवादी पक्राउ

काठमाडौं।  बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह रहेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्