नेभिगेशन
नेपाल प्रहरी

४३ हजार अमेरिकी डलरसहित ३० वर्षीय युवक पक्राउ

काठमाडौं ।  उत्तरगया गाउँपालिका–५, बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा चेकजाँचका क्रममा एक जना व्यक्ति ठुलो परिमाणमा अमेरिकी डलरसहित पक्राउ परेका छन्।

काठमाडौंबाट टिमुरे  जाँदै गरेको बाप्र०१–००६ ख ५५१५ नम्बरको यात्रुबाहक बसलाई रसुवामा रोकी जाँच गर्दा बसमा सवार एक व्यक्तिको साथबाट ४३ हजार अमेरिकी डलर फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको उक्त रकम थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको छ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका–५ बस्ने ३० वर्षीय सुरेश गुरुङ रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्