नेभिगेशन
नेपाल प्रहरी

बैंकिङ कसुरमा करोडौं जरिवाना तोकिएपछि फरार रहेका कोहलपुरका कुलिन राना पक्राउ

बाँके  । बाँके प्रहरीले विभिन्न मुद्दामा करोडौं रुपैयाँ सजाय र जेल सजाय पाएका फरार प्रतिवादी कुलीन रानालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–१० बस्ने ३४ वर्षीय कुलिन भन्ने अबिनाश रानालाई  बाँके जिल्ला अदालतबाट कैद तथा बिगो जरिवाना फैसला भएपछि फरार रहेका अवस्थामा पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनलाई जेठ ११ गते पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका कुलिनलाई 

आवश्यक कारवाहीका लागि सम्मानित बाँके जिल्ला अदालत नेपालगञ्जमा बुझाइएको   जिल्ला  प्रहरी बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार रानाविरुद्ध बैंकिङ कसूर मुद्दामा २ महिना कैद र १ करोड ३० लाख रुपैयाँ जरिवाना, अर्को बैंकिङ कसूर मुद्दामा ९ दिन कैद र १६ लाख १५ हजार रुपैयाँ जरिवाना तथा चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय फैसला भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्