नेभिगेशन
नेपाल प्रहरी

बर्दियाबाट अवैध रूपले भारत लैजान लागिएको लाखौंको तरबुजाको बिउसहित ९ थान साइकल बरामद

बर्दिया। बर्दियाआ अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको लाखौं रुपैयाँ बढीको तरबुजाको बिउसहित ९ वटा साइकल प्रहरीले बरामद गरेको छ।

आज बिहान साढे   ४: बजे लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर तथा प्रहरी चौकी जमुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बढैयाताल गाउँपालिका–२ फुटाहस्थित ५० नं. सीमास्तम्भ नजिक नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा ८ लाख रुपैयाँ बढीको तरबुजाको बिउसहित साइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बर्दिया प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ८ लाख १३ हजार ५ सय बराबरको सामान वेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गरिएको सामानमा ९ थान साइकल र ४० बोरा तरबुजाको बिउ रहेको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक कानुनी कारवाहीका लागि राजापुर भन्सार कार्यालय, गुलरिया बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्