नेभिगेशन
नेपाल प्रहरी

वडा प्रहरी नेपालगन्जको सक्रियतामा हराएको ल्यापटप भेटियो, बुझाइयो सम्बन्धित धनिलाई

नेपालगन्ज । वडा प्रहरी कार्यालय नेपालगन्जले हराएको ल्यापटप फेला पारेर सम्बन्धित धनिलाई जिम्मा लगाएको छ।

गत वैशाख १० गते  नेपालगन्ज उपमहानगरपालिका–२२ बस्ने बिर पुनको डेल कम्पनीको कालो रङको ल्यापटप हराएको भन्दै नेपाल प्रहरी एप्समार्फत निवेदन परेको थियो।

उक्त निवेदन प्राप्त भएपछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास तीव्र पारेको थियो। सोही क्रममा हराएको ल्यापटप फेला पारेर आज सम्बन्धित धनिलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्