नेभिगेशन
नेपाल प्रहरी

आईजीपी कार्कीको ६ महिनाः लागूऔषधदेखि अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति

काठमाडौं।  प्रहरी प्रमुख आईजीपी दान बहादुर कार्कीको पदबहाली पश्चात् संगठनको क्षमता अभिवृद्धिका साथै सांगठनिक सुदृढीकरणमा भएका विभिन्न प्रयासअन्तर्गत गत ६ महिनाको अवधिमा अपराध अनुसन्धान तथा कानुनी कारबाही, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा, विपद् व्यवस्थापन तथा सुरक्षा परिचालनका क्षेत्रमा उल्लेखनीय प्रयास भएका छन् ।

सो अवधिमा देशभरबाट ४ हजार ६ सय ६६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको छ । उक्त अवधिमा गाँजा २२ हजार ६ सय २० किलो, चरेस ४ सय ४३ किलो, खैरो हेरोइन १९ किलो, पोलेन १४ किलो, अफिम १६ किलो तथा नाइट्राभेट ३५ हजार ९ सय ३ ट्याब्लेट, डाइजेपाम २४ हजार ३ सय ८७ एम्पुल, फेनारगन ३५ हजार ४ सय ५७ एम्पुल, ब्रुप्रेनोर्फिन २३ हजार ६ सय ९६ एम्पुल, लुपिजेसिक ४२ एम्पुल, स्पास्मो ६९ हजार ८ सय ७८ ट्याब्लेट, ट्रामा ६ लाख ८२ हजार १ सय ५८ ट्याब्लेट, प्रोमेथाजाइन १ हजार ७४ ट्याब्लेट समेत बरामद भएको छ ।

त्यसैगरि  ११ हजार १ सय ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी ४ हजार ४ सय ७० वर्ष कैद सजाय कार्यान्वयनमा आएको र १ अर्ब १० करोड ३८ लाख ९४ हजार ६ सय २५ रुपैयाँ बराबरको जरिवाना असुलउपर गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा ३ अर्ब ११ करोड ५२ लाख ६३ हजार ३ सय १० रुपैयाँ बिगो रकम दाबी सहित १ सय ३ जना प्रतिवादीविरुद्ध कानुनी कारबाही गरिएको छ । करिब १ अर्ब रुपैयाँ बराबरको सुन, चाँदी, भन्सार छली, हुण्डी, स्रोत नखुलेको रकम लगायतका राजस्व चुहावटका गतिविधिमा संलग्न ७ सय ५८ जना व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिएको छ ।

यसैगरी अवैध हातहतियार तथा विस्फोटक पदार्थसहित १ सय २७ जनालाई पक्राउ गरिएको छ । जसबाट ६ सय १५ थान हतियारसहित ठूलो परिमाणमा गोली, बारुद, डेटोनेटर, एभिपी लगायतका विस्फोटक पदार्थ बरामद भएका छन् । साइबर अपराधका ५८ मुद्दा दर्ता गरी विद्युतीय माध्यमबाट ठगी भएको ८ करोड ८५ लाख ३१ हजार ६ सय ७० रुपैयाँ पीडितलाई फिर्ता दिलाइएको छ । मानव बेचबिखन तथा ओसारपसार अपराधमा संलग्न ४१ जना व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । सो अवधिमा देशभर ज्यान सम्बन्धी कसुरका ४ हजार २ सय ३७, आत्महत्या सम्बन्धी ३ हजार ४ सय १४, चोरी सम्बन्धी २ हजार ५९, संगठित तथा आर्थिक अपराध सम्बन्धी ४ हजार ५ सय ४०, सामाजिक अपराध सम्बन्धी ५ हजार ४ सय ६५, महिला तथा बालबालिका सम्बन्धी १ हजार ९ सय ३५, सवारी सम्बन्धी १ हजार ४ सय ८० र विविध ७ हजार १ सय ४६ गरी कुल ३० हजार २ सय ७६ मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको छ ।

यस्तै सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धी ८२ हजार २ सय १७ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्। जसबाट ४५ लाख ५६ हजार ८ सय ९२ जना लाभान्वित भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार १ सय ३९ सवारी साधनलाई कारबाही गरी ४९ करोड ९१ हजार ४ सय ६३ रुपैयाँ राजस्व संकलन गरिएको छ । नेपालभरका राजमार्ग तथा सीमानाकामा गरी १९ वटा स्थानमा ट्राफिक कम्युनिकेशन एप ९टीसीए० सञ्चालनमा रहेको, देशभरका ७७ वटै जिल्लाका २ सय २८ वटा युनिटमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सञ्चालन भइरहेको साथै नागरिकको सुविधालाई मध्यनजर गरी देशव्यापी रूपमा डिजिटल चिट लागू गरिएको छ ।

सो अवधिमा देशभर विभिन्न स्थानमा भएका ४ हजार २ सय ६ विपद्का घटनामा २३ हजार ४ सय ८४ जना प्रहरी परिचालित भई २ सय १३ जना नागरिकको उद्धार गरिएको छ । देशभर विभिन्न स्थानमा भएका बन्द, हड्ताल लगायतका विरोध कार्यक्रमको सुरक्षार्थ ५९ हजार ६२ जना प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्थापन गरिएको छ । साथै नेपाल प्रहरीद्वारा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न स्थानका सुकुम्बासी एवं भूमिहीन नागरिकहरूको व्यवस्थापन कार्यमा आवश्यक सहजीकरण गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्