नेभिगेशन
नेपाल प्रहरी

घरायसी विवादमा बाबुद्वारा छोराको हत्या, डम्मर गिरी पक्राउ

काठमाडौं ।  आफ्नै छोराको हत्या गरेको आरोपमा  बाबुलाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१५ चिन्तामणी टोलमा आफ्नै छोराको हत्या गरेको अभियोगमा ६३ वर्षीय डम्मर गिरीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार शनिबार राति घरायसी विवादका क्रममा डम्मर गिरीले आफ्ना ४३ वर्षीय छोरा शंकर गिरीमाथि धारिलो हतियार खुर्पा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले डम्मर गिरीलाई नियन्त्रणमा लिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्