नेभिगेशन
सुरक्षा अपडेट

भीरबाट खसेर ६० वर्षीय मानबहादुर र ६ वर्षीया जसनाको मृत्यु

बाजुरा । घाँस काट्न गएका बेला भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका-१ पाटाका ६० वर्षीय मानबहादुर दानी  वनमा घाँस काट्न गएका बेला भिरबाट खसेर गम्भीर घाइते भएका थिए।

मानबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

यस्तै, बडीमालिका नगरपालिका-६ कोर्धका बलबहादुर खड्काकी ६ वर्षीया छोरी जसना खड्काको पनि भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। आमासँगै गाउँ नजिकैको वनमा घाँस काट्न गएका बेला चिप्लिएर भिरबाट खसेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

उता, बडीमालिका नगरपालिका-२ भौनेरामा ट्याक्टर दुर्घटना हुँदा चालक दिपेन्द्र चौधरी घाइते भएका छन्। उनको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सम्बन्धित घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्