नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा, काठमाडौंमा दिलिप घिमिरे र ललितपुरमा तुलबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीका ३३ जना एसएसपीको सरुवा भएको छ। सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुखसमेत परिवर्तन भएका छन्।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दिलिप घिमिरेलाई खटाइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी तुलबहादुर कार्कीको सरुवा भएको छ। 

काठमाडौं परिसरमा सरुवा भएका घिमिरे यसअघि प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागमा कार्यरत थिए। कार्की गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरा, कास्कीबाट सरुवा भएका हुन् । एसएसपी कार्की एसपी रहदा जिल्ला प्रहरी प्रमुख बाँकेमा अब्बल कार्य गर्ने प्रहरी अधिकृत हुन् ।

काठमाडौं परिसरका प्रमुख रहेका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।

ललितपुरमा कार्यरत एसएसपी होबिन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी सुवास चन्द्र बोहरालाई पठाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गृह मन्त्रालयलेले संगठनात्मक आवश्यकता र कार्यसम्पादनलाई ध्यानमा राख्दै ३३ जना एसएसपीको सरुवा गरेको हो। सरुवापछि विभिन्न महत्वपूर्ण इकाइ तथा जिल्लामा नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको छ।

सरुवा सूची-

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्