नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरमा द्वारीका प्रसाद थारुको घरमा भेटियो ब्राउन सुगर, ४ जना पकाउ

बाँके।  बाँके प्रहरीले ब्राउन सुगरसहित चार कारोबारीलाई पकाउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार 

लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर–२ स्थित  द्वारीका प्रसाद थारुको घरमा खानतलासी गर्ने क्रममा  ७ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा कोहलपुर–२ का ४२ वर्षीय द्वारीका प्रसाद थारु, २२ वर्षीय समिर विक, २८ वर्षीय राकेश चौधरी तथा बैजनाथ गाउँपालिका–५ का २४ वर्षीय ओमकान्त थारु रहेको जिल्ला प्रहरीले कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बाँके प्रहरीका अनुसार लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्