नेभिगेशन
नेपाल प्रहरी

नतिजामुखी कार्यसम्पादन गर्न एसएसपीहरुलाई आईजीपी कार्कीको निर्देशन

काठमाडौँ। नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्कीले साङ्गठानिक शुद्धीकरण एवं सुदृढीकरणलाई प्राथमिकतामा राखेर जिम्मेवारी बहन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका एसएसपीहरुलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी पारदर्शी, समयसापेक्ष एवं नागरिकमैत्री सेवाभावका साथ नतिजामुखी कार्यसम्पादन गर्न आग्रह गरे।

आईजीपी कार्कीले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक, जनमुखी, इमानदारी एवं निष्ठापूर्वक सम्पादन गर्न निर्देशन दिए।

त्यसअवसरमा मानवस्रोत विकास विभागका प्रमुख एआईजी राजन अधिकारी, अपराध अनुसन्धान विभागका प्रमुख एआईजी सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी एआईजी  उमाप्रसाद चतुर्वेदीले पदीय जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका थिए। 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्