नेभिगेशन
नेपाल प्रहरी

ग्रीस र जापान पठाउने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ग्रीस र जापान पठाइदिने भन्दै लाखौं  रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भएकी ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन्।

प्रहरीका अनुसार लक्ष्मीले ग्रीस पठाइदिने भन्दै एक जना पीडितबाट ११ लाख ५० हजार रुपैयाँ तथा प्रियाले जापान पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले लक्ष्मीलाई काठमाडौं महानगरपालिका–३ र प्रियालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्