नेभिगेशन
नेपाल प्रहरी

जगन्नाथ देवल जेलबाट भागेका कैदी अन्ततः खजुरा प्रहरीको नियन्त्रणमा

बाँके ।  बाँकेको खजुरा क्षेत्रबाट प्रहरीले जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ भदौ २४  गते जेन-जी आन्दोलनको मौका छोलेर काठमाडौँस्थित जगन्नाथ देवल कारागारबाट भागेका अमृत सुनारलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। 

सुनारलाई इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले  खजुरा गाउँपालिका–३ क गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ।

पक्राउ परेका सुनारले लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरिरहेका बेला फरार भएका थिए। फरार भएपछि उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए।

प्रहरीले पक्राउ परेका सुनारलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्