नेभिगेशन
नेपाल प्रहरी

ग्राहकसँग बालिकालाई जबरजस्ती अनैतिक कार्य गर्न लगाउने स्पा सञ्चालिका पक्राउ

काठमाडौं । प्रहरीले  एक स्पा सेन्टरकी सञ्चालिकालाई मानव बेचबिखन तथा ओसारपसार आरोपमा पक्राउ गरेको छ।

प्रहरीका अनुसार गोरखा जिल्ला शिरानचोक गाउँपालिका–३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपा, अरुणथापा चोकस्थित शुकल्प स्पा एण्ड थेरापी सञ्चालन गर्दै आएकी सुमन थापा मगर (सुमन कुमाल) लाई पक्राउ गरिएको हो।

स्पा सेन्टरमा कर्मचारीका रूपमा कार्यरत एक बालिकालाई विभिन्न प्रलोभनमा पारी स्पामा सेवा लिन आउने ग्राहकहरूको इच्छाअनुसार जबरजस्ती अनैतिक कार्य गराइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उक्त स्पामा छापा मारेको थियो।

छापाका  क्रममा बालिकाको उद्धार गरिएको तथा स्पा सञ्चालिकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी सञ्चालिकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा नेपाल प्रहरी ले जिल्ला अदालत ललितपुर बाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्