नेभिगेशन
नेपाल प्रहरी

झण्डै ८ लाख भारुसहित श्रीनिवास विमानस्थलबाट पक्राउ

रुपन्देही । स्रोत नखुलेको ठूलो परिमाणको लाखौं भारतीय रुपैयाँसहित प्रहरीले विमानस्थलबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट ७ लाख ९५ हजार भारुसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवास रहेको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका श्रीनिवासलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्