नेभिगेशन
नेपाल प्रहरी

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी 'काले' खजुरा क्षेत्रबाट पक्राउ

नेपालगञ्ज । कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार हुम्लाको सिमकोट गाउँपालिका–२ का सुरेश परियारले इलाका प्रहरी कार्यालय धनौलीमा दिएको जाहेरीका आधारमा २०८२ मंसिर ८ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। 

उक्त घटनापछि फरार रहेका बाँकेको खजुरा गाउँपालिका–२ का ‘काले’ भन्ने विशाल परियारलाई इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले  आज खजुरा गाउँपालिका–२ बाट  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

पक्राउ परेका बिशाललाई बाँके जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको  बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्