नेभिगेशन
नेपाल प्रहरी

भारतबाट ब्राउन सुगर ल्याउँदै गरेका सुर्खेतका रामजाली बर्दियाको फुटाहबाट पक्राउ

बर्दिया। सीमापारीबाट ब्राउन सुगर लिएर आउँदै गरेका २५ वर्षीय युवकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सोमबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–२ फुटाहस्थित नेपाल–भारत सीमा क्षेत्रबाट नेपालतर्फ आउँदै गरेका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका २५ वर्षीय जनकबहादुर रामजाली मगरलाई शंकाको आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा उनको साथबाट रातो प्लास्टिकमा लुकाइछिपाइ राखिएको ४ ग्राम ५४० मिलिग्राम (प्लास्टिकसहित) तथा शुद्ध तौल गर्दा ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद भएको बर्दिया प्रहरीले जनाएको छ।

पक्राउ परेका रामजालीलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्