नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको राना चोकबाट ब्राउन सुगरसहित दुई युवक प्रहरीको नियन्त्रणमा

बाँके । बाँकेको नेपालगन्ज बजार क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका–१ राना चोकका २७ वर्षीय बिनोद तामाङ र प्युठान नगरपालिका–२ घर भएका २७ वर्षीय प्रेम आचार्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार बिहीबार साँझ राना चोकबाट उनीहरूलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज तथा अस्थायी प्रहरी बिट विशालनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्