नेभिगेशन
नेपाल प्रहरी

प्रहरीका चार डीआईजीको सरुवा, मधेस र सुदूरपश्चिमका डीआईजी फेरिए

काठमाडौं। नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।

निर्णयअनुसार डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ भने डीआईजी ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा खटाइएको छ।

त्यस्तै, हाल मधेस प्रदेशमा कार्यरत डीआईजी गोविन्द थपलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा पठाइएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्