नेभिगेशन
नेपाल प्रहरी

दाङको अमिलियाबाट साढे ५२ लाख बढीको सुनसहित दुई जना पक्राउ

दाङ । दाङको अमिलियाबाट ५२ लाख बढीको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

दाङको लमही नगरपालिका- ९ अमिलियास्थित ‘नमस्ते होटेल’को कोठामा सुनको अवैध कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमेलियाबाट खटिएको टोलीले  उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट २१४.५ सय मिलीग्राम सुन  फेला परेको दाङ प्रहरीले जनाएको  छ। बरामद भएको सुनको हालको प्रचलित बजार मूल्य ५२ लाख ७४ हजार बराबर रहेको बताइएको छ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका -७ सुनपतरी नाका बस्ने ४० बर्षीय रुपलाल गिरी र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका -६ मग्मा बस्ने २२ बर्षीय दिलिप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दाङका प्रहरीका अनुसार गिरीले त्यो सुन भारतबाट किनेर ल्याएका थिए भने परियार खरिद कर्ता हुन । शुक्रबार राति पक्राउ परेका उनीहरुमाथि थप  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्