नेभिगेशन
नेपाल प्रहरी

दुई थान बन्दुकसहित दुई युवकलाई पक्राउ गर्‍यो प्रहरीले

काठमाडौं । प्रहरीले दुई थान बन्दुकसहित दुई युवकलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गोला भञ्ज्याङबाट दुई थान भरुवा बन्दुकसहित दुई युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका–११ बस्ने ३३ वर्षीय श्याम बहादुर शाक्य र निलकण्ठ नगरपालिका–९ बस्ने ३२ वर्षीय सन्त बहादुर गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्