नेभिगेशन
नेपाल प्रहरी

भिडियो सार्वजनिक भएपछि युवतीमाथि चक्कु देखाउँदै आक्रमण गर्ने दाङका युवक पक्राउ

दाङ । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका –२ भमकेका  २४ बर्षीय रमेश ठाडा मगर रहेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीका अनुसार भिडियोमा एक युवतिमाथि चक्कु देखाउँदै आक्रमणको प्रयास गरिरहेको देखिएपछि उनलाई मंगलबार राति नै घरबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार भिडियो मगरको घरको नजिक बाँसघारीमा गत चैतको महिनामा बनाएको तथ्य खुल्न आएको डीएसपी पराजुलीले जानकारी दिए ।

भिडियोमा तुलसीपुर – ६ की २१ बर्षीया एक युवतीमाथि रमेशले छाडा गाली गलौज गर्दै चक्कु प्रहार गरेको तथा युवती रुँदै ‘अब गर्दिन’ भन्दै आक्रमण नगर्न अनुरोध गरिरहेको दृश्य देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्