नेभिगेशन
नेपाल प्रहरी

नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी वडा प्रहरी कार्यालय नेपालगन्जको नियन्त्रणमा

नेपालगन्ज । बाँके प्रहरीले नकवजनी चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको छ।

बाँके जिल्ला अदालतको मिति २०८१  जेठ  १७ गरेको फैसलामा चोरी मुद्दामा दोषी ठहर भइ फरार रहेका नेपालगन्ज-१३ लालपुरुवाका २२ वर्षीय प्रदिप खटिकलाई आज बिहान पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार फरार खटिकलाई लुकिछिपी बसेको अवस्थामा नेपालगन्ज बजार क्षेत्रबाट वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक शेखर खड्काको कमाण्डको टोलीले नियन्त्रणमा लिन सफल भएको हो।

चोरी मुद्दामा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना पाएका प्रतिवादी खटिकलाई आजै आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्