नेभिगेशन
नेपाल प्रहरी

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी सिमलघारीबाट पक्राउ

बाँके। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार प्रतिवादी लोकबहादुर सिंह पक्राउ परेका छन्।

खजुरा गाउँपालिका–७ सिदुरी निवासी सिंहलाई जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त टोलीले खजुरा गाउँपालिका–७ स्थित सिमलघारी क्षेत्रबाट पक्राउ गरेको हो।

सिंहलाई मानव बेचबिखन मुद्दामा बर्दिया जिल्ला अदालतले दोषी ठहर गरेको थियो। उक्त फैसला उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले २०८३ जेठ २८ गते सदर गर्दै उनलाई दुई वर्ष कैद सजाय सुनाएको थियो।

फैसलापछि फरार रहेका सिंहलाई खोजतलासका क्रममा प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सिंहलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन हाल इलाका प्रहरी कार्यालय धनौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्