नेभिगेशन
सुरक्षा अपडेट

जंगली बँदेलका लागि थापिएको विद्युतीय धरापमा परी श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

दाङ  । जंगली बँदेलबाट बालीनाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ।

गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले मंगलबार साँझ घरदेखि करिब डेढ सय मिटर टाढा रहेको आफ्नै बारीमा जंगली बँदेलबाट बालीनाली जोगाउन विद्युतीय धराप थापेका थिए।

सोही धरापमा परी उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन्। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार आज बिहान करिब १ बजे हुमकलालाई करेन्ट लागेको थियो।

गम्भीर अवस्थाकी हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएकोमा चिकित्सकले परीक्षणपछि बिहान करिब ३:१५ बजे मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले विद्युतीय धराप थाप्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्