नेभिगेशन
सुरक्षा अपडेट

भारतीय नम्बर प्लेटको गाडीको ठक्कर, मोटरसाइकल पछाडि सवारको मृत्यु

कैलाली ।  भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

गए राति धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ निवासी ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा राति करिब १०:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

मोटरसाइकल चालक गौतम ऐर भने दुर्घटनामा सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनापछि ठक्कर दिने भारतीय नम्बर प्लेटको गाडी र चालक घटनास्थलबाट फरार भएका छन्। फरार सवारीसाधन र चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्