नेभिगेशन
नेपाल प्रहरी

क्यानडा पठाइदिने भन्दै २६ जनाबाट करोडौं रुपैयाँ ठगी, लहानु पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चौधरीले पीडितहरूलाई आकर्षक तलबसहित क्यानडा पठाइदिने आश्वासन दिएर ठूलो रकम असुलेका थिए। रकम लिइसकेपछि उनी सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्