नेभिगेशन
नेपाल प्रहरी

लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो दुई राउण्ड गोली, भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएको छ। काठमाडौंको टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले दुई राउण्ड गोली चलाएको छ। 

गोली लागेर एक भारतीय नागरिक घाइते भएको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरले जानकारी दिएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको टोलीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाइएको हो।

ब्यूरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहोराले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा दुई राउण्ड गोली चलाइएको जानकारी दिए। घटनास्थलबाट औषधिजन्य लागुऔषध ठूलो परिमाणमा बरामद गरिएको जनाएको छ।

गोली लागेर घाइते भएका भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घाइतेको उपचार भइरहेको छ भने पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्