नेभिगेशन
नेपाल प्रहरी

निशाको हत्यापछि शव पलङभित्र लुकाएर साथीसँगै रात बिताएका मुख्य आरोपी पक्राउ

मुख्य आरोपीका साथी पनि नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा युवतीको हत्या गरेको आरोपमा प्रहरीले दैलेखका रमेश बुढालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ घर भई माछापोखरीमा बस्दै आएकी २५ वर्षीया निशा सुनुवार साउन ३ गते गेस्टहाउसको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानमा दैलेखको डुङ्गेश्वर गाउँपालिका-६ लटाली स्थायी घर भई हाल काठमाडौं –०३ चक्रपथ स्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेशले आफ्नै कम्मरको पेटीले घाँटी कसी उनको हत्या गरेको खुलेको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार रमेशले एक दिनअघि निशाले आफ्नो १ लाख रुपैयाँ चोरी गरेको आरोप लगाउँदै उनलाई पुनः गेस्टहाउसमा बोलाएका थिए। त्यहाँ विवाद भएपछि उनले हत्या गरी शव पलङभित्र लुकाएको प्रहरीले जनाएको छ। घटनापछि उनी साथीसँगै त्यही कोठामा रात बिताएर बाहिरिएका थिए।

कोठाबाट दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले रमेशलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको छ।

घटनाबारे सोधपुछका लागि उनका साथी    जुम्लाको चन्दननाथ नगरपालिका-२ घर भई काठमाण्डौँ बस्ने ३८ वर्षीय दान बहादुर शाहीलाई पनि नियन्त्रणमा लिइए पनि हालसम्मको अनुसन्धानले हत्यामा रमेशको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको पनि पक्राउ परेका दुबै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्